काठमाण्डौ । हालै रिलन्च भएको स्मार्ट डोको अनलाइन सपिङं पोर्टलले भ्यालेन्टाइन्सको अवसरमा ‘डोकोभरि माया’ नामक अफर लिएर आफ्ना ग्राहकलाई रोमाञ्चकारी विशेष उपहार आफ्ना प्रियजनलाई विशेष दिनमा दिन सक्ने व्यवस्था मिलाएको छ।

यसका अतिरिक्त यस अवधिमा स्मार्ट डोको अनलाइनबाट खरिद गर्ने ग्राहकलाई रोमान्टिक रात्रीकालीन बास, खाना र स्पासमेतको व्यवस्था १० भाग्यशाली जोडीलाई उपलब्ध गराउनेछन्। 

भाग्यशाली १० जोडीले पाउनेछन् यस्ता सुविधा 

  • भाग्यशाली १ जोडीलाई  भिल्ला ७२, उत्तरढोकामा लन्च वा डिनर
  • भाग्यशाली २ जोडीलाई  भोजघर  गैरीधारामा, क्यान्डल लाइट डिनर
  • भाग्यशाली २ जोडीलाई होटेल चौतारी पोखरामा २ रात ३ दिनको प्याकेज
  • भाग्यशाली ३ जोडीलाई होटेल विराजमानको भुसे चुलोमा लन्च वा डिनर
  • भाग्यशाली २ जोडीलाई किन्जला स्पा, झम्सीखेलमा बेल्नेस स्पा

रु. १ हजार भन्दा बढीको सामान खरिद गर्ने सुरुका ५० जना ग्राहकलाई निःशुल्क भ्यालेन्टाइन्स मास्क उपलब्ध गराइने कम्पनीले जनाएको छ। साथै, रु. १ को खेलबाट गिफ्ट ह्याम्पर जित्ने अवसर प्राप्त गर्न सकिनेछ।

यो सुविधा १४ फेबुअरीसम्मलाई मात्र लागू रहने कम्पनीले जनाएको छ।