काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले ट्रेनी पदमा कुल ९० जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको छ।

बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी जुनियर असिस्टेन्ट पदमा कुल ९० जना  कर्मचारी भर्ना गर्न लागेको हो। बैंकले उपत्यका र उपत्यकाबाहिर रहेका शाखाहरुका लागि २० जना म्यानेजमेन्ट ट्रेनी पदमा दरखास्त खुलाएको छ। यो पदमा आवेदन दिन कम्तीमा ६० प्रतिशत वा सीजीपीए ३.२५ ल्याएर म्यानेजमेन्ट, बिजने स्टडिज, बिजनेस एडमिनिस्ट्रेसन वा अर्थशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। उम्मेदवारमा कम्प्युटरको ज्ञानसहित अंग्रेजी र नेपाली भाषामा स्पष्ट लेख्न र बोल्न सक्नुपर्नेछ। उमेर भने ३० वर्षभन्दा माथि हुनुहुने छैन।

यसैगरी बैंकले सातै प्रदेशमा ५० जना ट्रेनी जुनियर असिस्टेन्ट भर्ना गर्ने भएको छ। यसका लागि पनि उम्मेदवारले म्यानेजमेन्ट, बिजनेज स्टडिज, बिजनेस एडमिनिस्ट्रेसन वा सोसहरको विषयमा कम्तीमा ५० प्रतिशत वा सीजीपीए २.५ ल्याएर स्नातक गरेको हुनुपर्नेछ। यो पदका लागि पनि उम्मेदवारमा कम्प्युटरको ज्ञानसहित अंग्रेजी र नेपाली भाषामा स्पष्ट लेख्न र बोल्न सक्नुपर्नेछ। उमेर भने ३० वर्षभन्दा माथि हुनुहुने छैन। 

यस्तै बैंकले ट्यांक माइयम, सुनकोशी, सिक्ले, मादी, जोमसम, डोल्पा, खट्याड, अपी हिमाल, ब्याज, विनायक, खलंगा, मलिकार्जुन, सल्यान, हलेसी, ताप्लेजुङलगातयका ठाउँमा रहेका शाखाका लागि २० जना ट्रेनी जुनियर असिस्टेन्ट भर्ना गर्ने भएको छ। यो पदका लागि उम्मेदवार कुनै पनि संकायमा कम्तीमा ४५ प्रतिशत वा सीजीपीएस २.५ ल्याएर प्लस टु गरेको हुनुपर्नेछ। उम्मेदवारमा कम्प्युटरको ज्ञानसहित अंग्रेजी र नेपाली भाषामा स्पष्ट लेख्न र बोल्न सक्नुपर्नेछ। उमेर भने २७ वर्ष ननाघेको हुनुपर्नेछ। 

यी सबै पदका लागि दुईपांग्रे चालक अनुमतिपत्र भएकालाई विशेष ग्राहयता दिइने बैंकले जनाएको छ। 

इच्छुक उम्मेदवारले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिनका लागि यहाँ क्लिक गर्नुहोस् ।  

आवेदन यही फागुन ६ गते साँझ ५ः३० बजेसम्म पठाइसक्नुपर्नेछ।