काठमाण्डौ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ।
आज मंगलबार सर्वोच्चबाट दिइएको आदेशमा १३ दिनभित्रै संसद् बैठक बोलाउन पनि भनिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गर्दै वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन्।
सोही निर्णयविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए।
सर्वोच्चको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।
10 hours ago
12 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago