काठमाण्डौ । डिजिटल इन्स्योरेन्समा उचाइ चुम्न सफल शिखर इन्स्योरेन्सले गत मंसिर १७ गतेदेखि सुरु गरेको च्याटबटमार्फत बीमा सेवाहरु लिन चाहनेहरुको संख्या दैनिक बढ्न थालेको छ। 

सम्पूर्ण बीमा क्षेत्रमा नै पहिलोपटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबट प्रयोग गरेर आफ्ना बीमा सेवाहरु उपलब्ध गराउन थालेको शिखर इन्स्योरेन्सले इन्स्योरेन्स गर्नका लागि अफिससम्म पुग्ने समय नभएका र प्रविधिको दायरालाई बीमा क्षेत्रमार्फत बढाउन सकिने सम्भावना र आवश्यकता महसुस गरी सुरु गरेको च्याटबट नयाँ माध्यम हो। हिजोआज अधिकांशको हातमा एन्ड्रोइड मोबाइल हुन्छ। घरमा होस् वा अफिस आफूलाई पायक पर्ने र नेटवर्कको सुविधा भएको कुनै पनि ठाउँबाट च्याटबटमार्फत शिखर इन्स्योरेन्समा उपलब्ध पोलिसीहरुको सेवा लिन सकिने भएको छ। यसका लागि फेसबुक मेसेन्जरमा लगइन गर्नुपर्ने हुन्छ भने भाइबरमा कम्पनीको क्यूआर कोड स्क्यान गर्नुपर्छ। इन्टरनेटको पहुँच भएका ग्राहकका लागि यो सुविधा अत्यन्तै सहयोगी र प्रभावकारी छ। 

यसैगरी आफूले लिन चाहेको बीमा सेवाका बारेमा च्याटबटमार्फत जानकारीमात्र गराएमा शिखर इन्स्योरेन्सको सम्बन्धित निकायले तुरुन्तै ग्राहकसँग कुरा गर्नेछन्। यसपश्चात् ग्राहकले आफ्ना कुरा सरल तथा सहजै राख्न सक्छन्। 

च्याटबटका कारण ग्राहकको समय बचत हुनुका साथै महामारीका बेला स्वास्थ्य सुरक्षामा आइपर्ने चुनौतीसँग पनि जुध्न पर्दैन। च्याबटमार्फत शिखर इन्स्योरेन्सको कुनै पनि सेवा तत्कालै लिन पाइने कम्पनीले जनाएको छ। 

कोभिडका कारणले पूरै विश्व नै प्रभावित भइरहेको अवस्थामा च्याटबटको सेवा आपतकालीन र सहजताका लागि ग्राहकले घरमै बसी सुरक्षित तवरले बीमा सेवाहरु लिन सक्छन्। ग्राहकले उतm माध्यमबाट बीमा पोलिसी खरिद, दाबीको जानकारी, बीमा पोलिसीको प्रति ई–मेल, बीमा नवीकरण, बीमा सम्पुष्टि, केवाईसी अपडेटजस्ता सेवाहरु लिन सक्छन्। साथै, ग्राहकले च्याटबटमा आफ्ना सुझावसमेत दिन सक्नेछन्। 

यसका साथै अन्य सुविधा समयसापेक्ष अपग्रेड गरी समावेश गर्दै लाने र निकट भविष्यमा ग्राहकले सोही माध्यमबाटै बीमालेख प्राप्त गर्न सक्ने व्यवस्थासमेत मिलाउन लागिएको शिखर इन्स्योरेन्सले जनाएको छ। शिखरले ल्याएको च्याटबट सेवाले स–साना कुराका लागि कम्पनी धाउनैपर्ने बाध्यतालाई अन्त्य गर्ने सम्भावन बढ्ने देखिन्छ। 

हाल शिखर इन्स्योरेन्सले आफ्ना १०३ शाखाबाट २२ वटाभन्दा बढी बीमा पोलिसीहरु सेवा दिँदै आएको छ।