काठमाण्डौ । व्यवस्थापन पढेर भौतारिरहेका बेरोजगार विद्यार्थीहरुलाई बैकिंग सेवामा प्रवेश गर्ने अर्को अवसर खुलेको छ । 

नेपालकै टप नवील बैंकले मेनेजमेन्ट टेनी र टेनी असिस्टेन्ट पदमा कुल ११० जना फ्रेस स्टाफ मागेको छ । 

शुक्रबार एक सूचना प्रकाशित गर्दै यो बैंकले १० जना मेनेजमेन्ट टेनी र १०० जना टेनी असिस्टेन्टका लागि आवेदन मागेको हो । 

कमर्स, व्यवस्थापन, अर्थशास्त्र, लेखा, बित्त वा व्यापार बिषयमा स्नातकोत्तर गरेका वा सिए, सिपिए, एसिसीए कोर्स पूरा गरेकाहरुले मेनेजमेन्ट टेनीमा आवेदन दिन सक्नेछन् । तर यो पदमा आवेदन दिनेसँग फस्ट डिभीजन वा ३.२५ सिजिपिए नम्बर हुनुपर्नेछ । २८ वर्ष भन्दा मुनिकाले मात्र यो पदमा आवेदन दिनसक्ने बैंकले प्रष्ट्याएको छ । यो पदमा सफल उम्मेद्वारहरुका लागि १ वर्षको तालिम अवधि राखिएको छ । ट्यालेन्ट उम्मेद्वारहरुका लागि यो पद इन्टी लेभलको रहेको बैंकले प्रष्ट्याएको छ । 

बैंकले खुलाएको १ सय जना फ्रेस टेनी असिस्टेन्टका लागि दोश्रो श्रेणी वा ४ सिजिपिएमा २.५ अंक ल्याउनेले समेत आवेदन दिनसक्नेछन् । बैंकले खुलाएको यो पद इन्टी लेभलको हो र छनौट भएका उम्मेद्वारहरुले २४ महिनासम्म तालिमको अवधि मानेर काम गर्नुपर्नेछ । छनौट भएका उम्मेद्वारहरुलाई नवील बैंकको देशभरका कुनै पनि कार्यालयमा पदस्थापन गरिनेछ । 

दुवै पदमा आवेदन दिन चाहनेसँग नेपाली र अंग्रेजी भाषा तथा कम्प्युटरको राम्रो ज्ञान भएको हुनुपर्नेछ । इच्छुक उम्मेद्वारहरुले यहाँ क्लिक गरेर अनलाइन आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । इच्छुकले आगामी नोभेम्बर ४ सम्ममा आवेदन दिइसक्नुपर्नेछ ।