काठमाण्डौ। प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्नो कारोबार शुभारम्भको २५ औँ वर्ष पूरा गरी २६ औँ वर्षमा  प्रवेश गरेको छ।

वार्षिकोत्सवका अवसरमा फाइनान्सले आफ्नो सेवा तथा सुविधा विगतमा भन्दा थप परिस्कृत र परिमार्जित गर्दै सेवामा विविधीकरण गर्ने र लगानीको क्षेत्र पहिचान गरी कार्यक्षेत्र विस्तारमा ध्यान दिइने जनाएको छ। लगानीलाई आकर्षक प्रतिफल प्रदान गर्न विविध क्षेत्रहरुमा समेत सहकार्य गर्दै लगानी विस्तार गर्ने तथा देशव्यापी रुपमा बैंकिङ पहुुँचबाट वञ्चित रहेका निम्न तथा मध्यम वर्गीय परिवारसमक्ष वित्तीय सेवा पुर्याउने उद्देश्यका साथ फाइनान्स अघि बढेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले बताए।

२०७६ बैसाख १५ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको वित्त कम्पनीलाई निर्धारण भएको चुुक्तापुँजी रु. ८० करोड पुर्याएपश्चात यस संस्थाले नयाँ गति लिएको हो। 

आधुनिक प्रविधियुक्त बैंकिङ, शाखा सञ्जाल विस्तार, व्यवसायिक क्षमता अभिवृद्धिजस्ता कारणहरुले यस प्रोग्रेशिभ फाइनान्सले आफ्नो वित्तीय स्वास्थ्य सुधार गरिरहेको फाइनान्सका अध्यक्ष किशोरकुमार महर्जनले जानकारी दिए।

फाइनान्सले हालसम्म १० वटा शाखा कार्यालय तथा ४ वटा एक्सटेन्सन कार्यालयबाट आधुुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको र अन्य ४ वटा शाखाहरु विस्तारको अन्तिम चरणमा रहेको प्रमुख कार्यकारी अधिकृत हुमागाईंले जानकारी दिए।