काठमाण्डौ । अब क्रिप्टोकरेन्स बिटक्वाइन तिरेर टेस्ला कम्पनीको विद्युतीय कार किन्न सकिने भएको छ। 

टेस्ला कम्पनीका प्रमुख इलोन मस्कले एउटा ट्विट गर्दै यस्तो घोषणा गरेका हुन्। बिटक्वाइनको मूल्य दिनदिनै घटबढ भइरहने भएकोले टेस्ला कारको बिटक्वाइन मूल्य पनि दिनदिनै फरक हुन सक्छ।

टेस्लाले हालै एक करोड ५० लाख डलर बिटक्वाइनमा लगानी गरेको थियो जसका कारण बिटक्वाइनको मूल्य इतिहासमै सर्वाधिक भएको छ।

मस्कले बिटक्वाइन भुक्तानी ग्रहण गर्न टेस्लाले आफ्नै आन्तरिक सफ्टवेयर प्रयोग गर्ने बताएका छन्।

टेस्ला बेचेर आएको बिटक्वाइन क्रिप्टोकरेन्सीकै रूपमा राख्ने र अन्य मुद्रासँग नसाट्ने पनि मस्कले बताएका छन्। – बीबीसीबाट