काठमाण्डौ । विश्व बजारमा सबैभन्दा उच्च मूल्य भएको सेयर वर्कशायर हाथवे कम्पनीलाई मानिन्छ। यसको आजको अन्तिम कारोबार मूल्य ३ लाख ८७ हजार ९९५ अमेरिकी डलर रहेको छ।  

हाथवेलाई पछ्याउँदै डिजिटल मुद्रा बिटक्वाइनको मूल्य ३ लाख डलर पुग्ने त्यहाँस्थित क्रिप्टोकरेन्सीका सहसंस्थापक तथा क्रिप्टो एक्सचेन्जका पूर्वप्रमुख कार्यकारी अधिकृत बबी लीले बताएका छन्। लीका अनुसार बिटक्वाइन अहिले बुल फेजमा रहेको र यो अवधि ४ वर्षसम्म रहनेछ। ‘यो समरको अन्त्यसम्ममा १ लाख डलर पुग्ने अनुमान छ’, उनले भने। 

सम्भवतः सन् २०२१ को अन्त्यसम्ममा बिटक्वाइनको मूल्य ३ लाख डलर पुग्नेछ। यो वर्षमात्रै बिटक्वाइनको मूल्य ९६ प्रतिशतले बढेको छ भने डाउ जोन ७ प्रतिशत, एसएनपी-५०० ५ प्रतिशत तथा नास्डक ४ प्रतिशतमात्रैले बढोत्तरी भएको छ।  

बिटक्वाइनको आजको अन्तिम कारोबार मूल्य ५६ हजार ७२८ डलरमा रहेको छ। जब कि बिटक्वाइनको मूल्य यसअघि ६१ हजार ५५६ डलर ५९ सेन्टसम्म पुगेको थियो। – एजेन्सी