काठमाण्डौ । नेपाल एसबीआई बैंकले काठमाण्डौको दरबारमार्गस्थित अन्नपूर्ण एटीएम लाउन्जमा एटीएमको उद्घाटन गरेको छ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रमुख सञ्चालन अधिकृत यादभेंद्र कांतले संयुक्त रुपमा एटीएमको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा बैंकका सल्लाहकार छपिराज पन्तका साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो।
बैंकले ८८ शाखा, १९ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ वटा एटीएमबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago