काठमाण्डौ । कोरोनाको बढ्दो संक्रमणमा ध्यानमा राख्दै अमेरिकाले आफ्ना नागरिकलाई भारतमा यात्रा नगर्न सुझाव दिएको छ।

भारतमा बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अमेरिकाले यस्तो सुझाव दिएको हो। अमेरिकाको सेन्ट फर डिजिज कन्ट्रोलले एउटा एड्भाइजरी जारी गरी आफ्ना नागरिकलाई भारतमा कुनै पनि किसिमको यात्रा गर्न सुझाएको हो।

‘खोपको पूर्ण मात्रा लिएकाहरुका लागि अहिले देखिएको कोरोना नयाँ भेरियन्ट खतरनाक हुन सक्छ, त्यसैले भारतमात्र यात्रा नगरौँ’, एड्भाइजरीमा भनिएको छ, ‘यदि भारतको यात्रा गर्नैपर्छ भने खोपको पूर्ण मात्रा लिनुहोस्, मास्क अनिवार्य लगाउनुहोस्, भीडभाडमा नजानुहोस्, ६ फिटको दूरी कायम गर्नुहोस्, स्यानिटाइजरको प्रयोग गर्नुहोस्।’

यसअघि बेलायतले भारतबाट हुने आउजाउमा प्रतिबन्ध लगाइसकेको छ। – एजेन्सी