काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बाराको सिमरास्थित होटेल इच्छामा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ८.४२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ८ प्रतिशत बोनस सेयर र बाँकी ०.४२ प्रतिशत नगद (लाभांश कर) सहित रहेका छन्।

सोही सभाले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। हाल कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ६०ः४० प्रतिशत रहेको छ। 

सभा र लाभांश प्रयोजनका लागि कम्पनीले यही वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ लाभांश पाउन र सभामा भाग लिन योग्य हुन वैशाख १८ गतेसम्म सेयरधनी कायम हुनुपर्नेछ।