काठमाण्डौ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएपछि कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संक्रमितको उपचार गर्न अस्पतालमा पुर्याउन एम्बुलेन्स चाहिएमा र संक्रमितको शव व्यवस्थापनका लागि आवश्यक नम्बर सार्वजनिक गरेको छ। 

सीसीएमसीले एम्बुलेन्स चाहिएमा १०२ नम्बरमा फोन गर्न अनुरोध गरेको छ। 

त्यस्तै संक्रमितको शव व्यवस्थापन गर्नका लागि ११४० नम्बर सम्पर्क गर्न सकिने सीसीएमसीले जनाएको छ। शव व्यवस्थापनका लागि मृत्यु प्रमाणपत्र र कोभिड–१९ पोजेटिभ रिपोर्ट उपलब्ध गराउनुपर्नेछ। 

यस्तै अस्पतालमा मृत्यु हुनेको हकमा सम्बन्धित अस्पतालले सीसीएमसीलाई शव व्यवस्थापनका लागि अनुरोध गरेको पत्र वा होम आइसोलेसनमा मृत्यु हुनेको हकमा स्थानीय पालिकाले सीसीएमसीलाई शव व्यवस्थापनका लागि अनुरोध गरेको पत्र पठाउनुपर्नेछ। 

शव व्यवस्थापनमा खटिएको टोलीका बारेमा जानकारीका लागि १०५ मा सम्पर्क गर्न सकिने सीसीएमसीले जनाएको छ।