काठमाण्डौ । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमा गरिएको प्रतिबन्ध जेठ १७ गतेसम्म लम्बाइएको छ। 

कोरोना महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध जेठ १७ गतेसम्म लम्बाइएको जानकारी गराएको हो।

यो अवधिमा भारतसँग सातामा दुई उडान भने निरन्तर दिइएको प्राधिकरणले जनाएको छ। त्यस्तै एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् ।

यअसघि आजै बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाण्डौमा निषेधाज्ञा जेठ १३ सम्म लम्बाउने निर्णय गरेका थिए।