काठमाण्डौ। स्मार्ट टेलिकमले निषेधाज्ञा अवधिमा आफ्ना ग्राहकको जीवन सहज बनाउने उद्देश्यले आकर्षक अफर ल्याएको छ।
यस अफरअन्तर्गत स्मार्ट ग्राहकले रिचार्जमा ४ गुणासम्म बोनस पाउनेछन्। यो अफर प्राप्त बोनस ग्राहकले स्मार्ट नेटवर्कभित्र डाटा, भ्वाइस तथा एसएमएस प्रयोग गर्न सक्छन्।
ग्राहकले प्राप्त बोनस यस कठिन परिस्थितिमा आफ्ना नजिकका परिवारजन तथा नातेदारहरुसँग नियमित सम्पर्क गर्नका लागि प्रयोग गर्न सक्नेछन्। बोनस ब्यालेन्स नियमित मूल्यमा काटिनेछ।
यो अफर लकडाउन अवधिभरमात्र लागू हुने कम्पनीले जनाएको छ। स्मार्ट ग्राहकले स्मार्ट वेजपेज वा ई–पेमेन्ट पार्टनरहरु (ई–सेवा, फोन पे, खल्ती, आइएमई पे, कनेक्ट आईपीएस, ई–नेटपे, पेप्वाइन्ट नेपाल) मार्पmत लककडाउन अवधिमा सुरक्षित रही घरबाटै पनि अनलाइन रिचार्ज गर्न सक्छन्।
यसभन्दा अघि स्मार्ट टेलिकमले डबल बोनस अफर ल्याएको थियो। तर परिस्थितिलाई मध्यनजर गर्दै यसपटक स्मार्टले बोनसलाई अझ डबल गरेको हो।
स्मार्टले आफ्ना ग्राहकलाई बढीभन्दा बढी सुविधा दिने सदैव तत्पर रहेको जनाएको छ। तसर्थ स्मार्ट गर्वका साथ भन्दछ, ‘नेटवर्क जसले तपाइँलाई दिन्छ धेरै।’
स्मार्ट टेलिकमले विगतका समयमा पनि आफ्ना ग्राहकलाई डाटा तथा भ्वाइस प्याकमा विभिन्न धेरै सुविधा दिँदै आएको छ। ग्राहकले थप जानकारीका लागि १४२४२/९६११००४२४२ मा सम्पर्क गर्न सक्ने वा स्मार्ट टेलिकमको आधिकारिक फेसबुक पेज Facebook/SmartCellNepal वा वेबपेज www.smarttel.com.np मा लग इन गर्न सक्ने कम्पनीले जनाएको छ।
बोनस अफरहरु निम्न प्रकारका छन्–
12 minutes ago
44 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago