काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा स्थगित गरिएको छ। 

कम्पनी सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले वार्षिक साधारणसभा स्थगित गरेको हो। कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञाका कारण हाललाई वार्षिक साधारणसभा स्थगित गर्नुपरेको कम्पनीले जनाएको छ। 

कम्पनीले आउँदो जेठ ११ गते वार्षिक साधारणसभा डोकेको थियो। अब वार्षिक साधारणसभा अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ।