काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । 

साँझ ७ बजे बालुवाटारमा मन्त्रीपरिषदको आकस्मिक बैठक बोलाइएको हो । 

राष्टपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा दाबी पेश गर्ने समयसीमासम्म स्वयम् प्रधानमन्त्री ओलीले समेत पुनः प्रधानमन्त्रीका लागि बहुमतको आधारसहितको दाबी पेश गरेका छन् । 

ओलीसँगै १४९ सांसदको हस्ताक्षरसहित कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । ती दुई दाबीमध्ये कुनलाई आधिकारिक मानेर राष्टपतिले कसलाई प्रधानमन्त्री नियुक्त गर्छिन् भन्ने आम चासोको बीच आह्वान गरिएको मन्त्रीपरिषदको आकस्मिक बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बैठकबाट कुनै ठूलै निर्णय हुनसक्ने संभावना रहेको एक मन्त्रीले दाबी गरे ।