काठमाण्डौ । अन्ततः प्रतिनिधिसभा संवैधानिक रुपमै भंग भएको छ ।

मध्यराति बसेको मन्त्रीपरिषद बैठकले प्रतिनिधिसभा भंगका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्दै मध्यावधि चुनावको मिति समेत घोषणा गरेको हो । 

सरकारले मध्यावधि चुनावको मिति कात्तिक २६ र मंसिर ३ लाई तोकेर राष्ट्रपतिसमक्ष सिफारिस गरिएको सरकारका प्रवक्ता पार्वत गुरुङले बिजशालालाई बताए । 

यसअघि राष्ट्रपति कार्यालयले शुक्रबार मध्यराति विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीका लागि पेश भएका केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैको दाबीमा आधार नपुगेकोले दुवैलाई प्रधानमन्त्री नियुक्त गर्न मिल्ने नदेखिएको प्रष्टीकरण दिएको छ । 

संविधानमा धारा ७६(५) बमोजिम सरकार गठन हुन नसके प्रधानमन्त्रीले संसद विघटनका लागि राष्टपतिसमक्ष सिफारिस गर्ने र सरकारले मध्यावधि निर्वाचनको घोषणा गर्नसक्ने व्यवस्था गरिएको छ।