काठमाण्डौ । कोरोना महामारीबीच वाणिज्य बैंकहरुको कर्जा लगानी बढेको छ।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार जेठको दोस्रो साता (जेठ ८–१४ गते) वाणिज्य बैंकहरुको कर्जा लगानी १० अर्ब रुपैयाँले बढेको हो। जेठको पहिलो साता पनि वाणिज्य बैंकहरुले ५ अर्ब कर्जा लगानी गरेका थिए।
चालु आर्थिक वर्षको हालसम्म बैंकहरुको कुल कर्जा लगानी भने ३६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ।
निषेधाज्ञाका कारण वाणिज्य बैंकहरुको निक्षेप संकलन भने प्रभावित भएको छ। एनबीएका अनुसार जेठको पहिलो साताको तुलनामा दोस्रो साता (जेठ ८–१४) गतेसम्म निक्षेप ५ अर्ब रुपैयाँले घटेको छ। निषेधाज्ञाका बेला बैंकका सीमित शाखा खुल्नु, मानिसको आवतजावत ठप्पप्रायः हुनु तथा बन्दाबन्दीका बेला औषधि र घर खर्चका लागि मानिसहरुले नगद घरमै राख्नु आदि कारणले निक्षेप संकलन घटेको बैंकरहरु बताउँछन्।
जेठको पहिलो साता पनि बैंकले ६ अर्ब रुपैयाँमात्र निक्षेप संकलन गरेका थिए। हालसम्म बैंकको कुल निक्षेप ३९ खर्ब ५६ अर्ब रुपैयाँ रहेको छ।
22 minutes ago
52 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago