काठमाण्डौ । निषेधाज्ञाबीच वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी बढेको छ।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको तथ्यांकअनुसार जेठको अन्तिम साता (जेठ २२ देखि २८ गतेसम्म) वाणिय बैंकहरुको निक्षेप संकलन १३ अर्ब रुपैयाँले बढेको छ। जेठको तेस्रो साता पनि बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले नै बढेको थियो।
यो जेठ महिनाको २८ गतेसम्म भने बैंकहरुले कुल २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। योसँग चालु आर्थिक वर्षको यो अवधिसम्म बैंकहरुको कुल निक्षेप ३९ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ।
यसैगरी वाणिज्य बैंकहरुले जेठको अन्तिम साता ८ अर्ब कर्जा लगानी गरेका छन्। अघिल्लो साता पनि बैंकहरुले ८ अर्ब रुपैयाँ नै कर्जा लगानी गरेका थिए। यो जेठ महिनाको २८ गतेसम्म भने बैंकहरुले कुल ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।
चालु आर्थिक वर्षको यो अवधिसम्म भने बैंकको कुल ३६ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन्।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत वैशाख १६ गतेदेखि देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ। यो अवधिमा उपत्यकालगायत देशभर नै बैंकहरु सीमित शाखाहरुमा खोल्न दिइएको छ।
यो डेढ महिनाको अवधिमा बैंकले ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको देखिएको छ।
25 minutes ago
43 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago