काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश अनुमोदन गर्दै प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।

बाराको सिमरास्थित होटेल इच्छामा वार्षिक साधारणसभा आयोजना गरिएको थियो। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताविक कुल ८.४२ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश रहेका छिन्।

बोनस सेयरपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब २ करोड  ६४ लाख ३२ हजार रुपैयाँबाट बढेर १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० पुग्ने भएको छ। 

सभाबाट कम्पनीको संस्थापक समूहअन्तर्गत २ जना सञ्चालकको निर्वाचन सम्पन्न गरेको छ। जसमा सञ्चालक शैलेष संघई  र अनिता रायमाझी टन्डन निर्विरोध निर्वाचित भएका छन्। सञ्चालकहरुलाई निर्वाचन अधिकृतले पद तथा गोपनियताको सपथसमेत ग्रहण गराएका छन्।