काठमाण्डौ । यो मनसुनमा स्मार्टडोकोले भोलि असार २२ गतेबाट ‘स्मार्टडोको मनसुन अफर’ ल्याउने भएको छ। 

यो अफरअन्तर्गत ग्राहकले हरेक दिन एउटा सामसुङ घडी जित्ने मौका पाउनेछन्। यसका लागि १ हजार ५०० रुपैयाँभन्दा बढीको सामान खरिद गर्नुपर्ने हुनेछ। 

कम्पनीले हिमालयन बैंकका प्रि–पेड र क्रेडिट कार्ड प्रयोगकर्ताका लागि १५ प्रतिशत क्यासब्याकको ९रु. ५०० सम्म० अफरसमेत ल्याएको छ। स्मार्टडोकोले मनसुन र समरका सामग्री तथा इलेक्ट्रिोनिक्स, बेबी प्रडक्ट, किचनवेयर र अन्य कैयौं सामानमा ७३ प्रतिशतसम्म छु्ट अफर ल्याएको छ। 

स्मार्टडोकोले सासमुङ, भिडियोकोन, हाइसेन्स, डा. ब्राउन, क्रेन, बीबीलुभ, सीजीजस्ता ब्राण्डहरुमा आकर्षक अफर समेत ल्याएको छ। ग्राहकले विभिन्न प्रकारको क्याटेगोरी र सब–क्याटेगोरीमा १० हजारभन्दा बढी प्रडक्टहरु खरिद गर्न सक्नेछन्। जहाँ ग्राहकले सजिलैसँग बेबी केयर इलेक्ट्रिोनिक्स फुड र ग्रोसरी, कोभिड अत्यावश्यक सामग्री, स्वास्थ्य र सुन्दरता, होम एन्ड लिभिङ र अन्य प्रडक्ट सजिलै किन्न सक्नेछन्। 

स्मार्टडोकोका ग्राहकले शीघ्र र निःशुल्क डेलिभरी चक्रपथभित्र (न्यूनतम २५० रुपैयाँको खरिदमा) र चक्रपथबाहिर र काठमाण्डौ उपत्यकाबाहिर न्यून डेलिभरी शुल्कमा सामान प्राप्त गर्न सक्नेछन्। 

यो अफर असार २६ गतेसम्म मान्य हुनेछ।

हालै आईएमएस ग्रुपले स्मार्टडोकोलाई प्राप्ति गरेको थियो।