काठमाण्डौ। माछापुच्छ्रे बैंक लिमिटेडले हालको कारोनाभाइरसको महामारीलाई मध्यनजर गर्दै काठमाण्डौको महाराजगन्जमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ। 

गएको २ वर्षदेखि विश्वव्यापी रुपमा फैलिँदै गएको कारोना महामारीका कारण अहिले हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आश्यकता महसुस गरी बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त अस्पतालमा कोरोना विशेष वार्डको स्थापना गरिदिन लागेको हो। कोरोना विशेष वार्ड स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा राष्ट्रिय हृदय रोग केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्तान्तरण गरेका छन्। 

सम्झौतापश्चात बैंकले राष्ट्रिय हृदय रोग केन्द्रले अस्पताल परिसरमा उपलब्ध गराएको स्थानमा कोरोना विशेष वार्ड निर्माण गरी हस्तान्तरण गर्नेछ। 

बैंकले सातै प्रदेशमा आफ्ना १६१ वटा शाखा र १६५ शाखारहित बैंकिङ सेवा, ५ एक्सटेन्सन काउन्टरसमेत गरी जम्मा ३३१ स्थानबाट ९ लाखभन्दा बढी ग्राहकमा सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ। यसका साथै बंैकको देशभर २०२ वटा एटीएम सञ्चालनमा छन्।