काठमाण्डौ । एसियाली विकास बैंक (एडीबी) ले कोरोनाविरुद्धको खोप किन्न नेपाललाई पौने २० रुपैयाँबराबरको ऋण दिने भएको छ। 

एडीबीले नेपाललाई दिने १९ अर्ब ७४ करोड रुपैयाँ ऋण स्वीकृत गरेको हो। यो ऋण रकमबाट १ करोड ५९ लाख डोज खोप खरिद हुने र ६८ लाख नेपाली लाभान्वित हुने एडीबीले जनाएको छ। यसबाट नेपालमा खोप अभियान अझै प्रभावकारी रुपमा विस्तार हुने एडीबीको विश्वास छ। 

कोरोना संक्रमणको विस्तार रोक्न अत्यावश्यक खोप खरिदका लागि नेपाल सरकारलाई एडीबीले सहयोग गर्दै आएको छ। यस्तो सहयोग थप गर्दै जाने पनि एडीबीले जनाएको छ।