काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले एसबी सल्युसन प्रालि (भगिनी संस्थास् डिजीहब प्रालि) सँग सहकार्य गरेर ‘क्रेडिट एक्स’ नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ। यसले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्यांकन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ। 

प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई र एसबी सल्युसनका प्रमुख कार्यकारी अधिकृत सन्जोग मिश्रले आ–आफ्नो संस्थाका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन्। क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनीसँगै बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन्। यसले प्रणालीभित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ। यो नयाँ प्रणालीले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ। प्रणालीले जमानत र गैरजमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअन्तर्गत रहेको रेटिङको दृष्टिकोणमा निर्माण गरिएको छ। यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणका रुपमा पनि रहेको छ। 

यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै बैंक र अन्तका उपभोक्ताले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन्। 

प्रोग्रेसिभ फाइनान्स राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त संस्था हो। यस संस्थाले  एक मजबुत र भरपर्दो बैंकको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ। प्रोग्रेसिभ फाइनान्सको लगभग १ लाखभन्दा बढी ग्राहक रहेका छन् र देशभरि १५ भन्दा बढी शाखाहरु रहेका छन्।  

एसबी सोलुसन्सले डिजीहबसँगको सहकार्यमा बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा प्रक्रियालाई अटोमेसन तथा डिजिटाइजेसन गर्न क्रेडिट–एक्स नामक सफ्टवेयर जडान तथा इम्पिलिमेन्टेसन गर्दै आइरहेको छ। यसका साथै पेमेन्ट अटोमेसन, एपीआई सर्भिसेस अटोमेसन तथा डिजिटाइजेसनको कामहरु पनि गर्दै आइरहेको छ।