काठमाण्डौ । यो रक्षाबन्धनमा नेपालको नम्बर वान अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘रक्षाबन्धन अफर’ ल्याएको छ। 

हालै आइएमएस ग्रुपले प्राप्ति गरेको यस इकमर्स कम्पनी इकमर्स एपमा नम्बर वान बन्न समेत सफल भइसकेको छ।

यस अफरअन्तर्गत ग्राहकले हरेक दिन क्रेन फेसियल मिस्टर जित्न सक्नेछन्। यसका साथै आफ्ना दाजुभाइ तथा दिदीबहिनीको फोटो प्रिन्ट भएको एउटा केक पनि जित्न सक्नेछन्। ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक (रु ५०० सम्म), माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक (रु ५०० सम्म) को छुट पाउनेछन्।

स्मार्ट डोकोले रक्षाबन्धनका अवसरमा आकर्षक उपहार योजनासमेत ल्याएको छ। यसका साथै पफ्र्युम, स्मार्ट वाच, वालेट, कुर्ता, टप्स, ज्वेलरीलगायतका गिफ्ट आइटममा बेस्ट डिल तथा डिस्काउन्ट अन्तर्गत ६० प्रतिशतसम्म छु्टको अफर ल्याएको छ। ग्राहकले अफर प्राप्त गर्नका लागि स्मार्टडोको एप डाउनलोड गर्नुपर्ने हुनेछ वा स्मार्टडोको वेबसाईटमा गई अर्डर गर्नुपर्ने छ।  

स्मार्टडोकोसँग हाल विभिन्न क्याटेगोरीमा १० हजारभन्दा बढी प्रडक्ट र विभिन्न सब क्यागेटोरीमा सामान उपलब्ध छन्। जसमा ग्राहकले सहज ढंगले आफूलाई मन पर्ने प्रडक्टहरु बेबी केयर, इलेक्ट्रिोनिक्स, फूड तथा ग्रोसरी, कोभिड इसेन्सियल, हेल्थ एन्ड ब्युटी तथा होम एन्ड लिभिङलगायतका विभिन्न प्रडक्ट खरिद गर्न सक्नेछन्।

स्मार्टडोकोका ग्राहकले काठमाण्डौ उपत्यकाको रिङरोडभित्र न्यूनतम २५० रुपैयाँको सामान खरिद गर्दा निःशुल्क डेलिभरीसमेत उपलब्ध गराएको छ। यसका साथै रिङरोडबाहिरको हकमा न्यूनतम डेलिभरी शुल्कमा सेवा उपलब्ध गराएको छ।

यो अफर भदौ २ गतेदेखि भदौ ५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।