काठमाण्डौ । काठमाण्डौको टोखा नगरपालिका–७ बसुन्धाराचौकीमा अन्नपूर्णा स्टोर्स प्रालि(मार्ट) ले सुपथ मूल्यमा दैनिक उपभोग्य खाद्य र ग्रोसरी सामग्रीको बिक्री सेवा सुरु गरेको छ। 

निम्न र मध्यमवर्गीय सर्वसाधारणलाई लक्षित गरी मार्टबाट सेवा सुरु गरेको कम्पनीले जनाएको छ। 

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले शनिबार मार्टको उद्घाटन गरे। मेयर अधिकारीले टोखाका सबै वडामा स्थानीयलाई सुपथ मूल्यमा वर्षैभरि सेवा दिने गरी साझा पसल सञ्चालनमा ल्याउने बताए। अन्नपूर्ण मार्टसँग सहकार्य गरेर साझा पसल अवधारणा सफल पार्न सकिने अधिकारीले बताए। 

मार्ट उद्घाटन कार्यक्रममा टोखा वडा नम्बर ७ का वडाध्यक्ष नरोत्तम रानाले सुपथ मूल्यमा सेवा दिन मार्ट सफल हुने विश्वास व्यक्त गरे। 

मार्टबाट होलसेल(सुपथ) दररेटमा निम्न र मध्यम वर्गीय सर्वसाधारणलाई दैनिक उपभोग्य खाद्य सामग्री र ग्रोसरी सामग्री खुद्रामा उपलब्ध गराउने मार्टका प्रमुख दीपक न्यौपानेले जानकारी दिए। मार्टले अन्य मार्टहरुमा भन्दा पनि सस्तोमा गुणस्तरीय सामाग्री उपलब्ध हुने र मार्टमा आएर उक्त अनुभव गर्न सकिने सञ्चालक ईश्वरदत्त जैसवालले बताए। 

कम्पनीले भैरहवामा २ मार्टहरु सञ्चालनमा ल्याएको जनाएको छ। काठमाण्डौका विभिन्न ५ स्थानमा थप आउलेट स्थापना गर्ने प्रमुख न्यौपानेले बताए। 

मार्टमा आउने ग्राहकले अन्य मार्टमा भन्दा सस्तोमा गुणस्तरीय सामग्री उपलब्ध रहेको प्रतिक्रिया दिएका छन् र यसको निरन्तरताको माग गरेका छन्। 

यस्तै मार्टले ग्राहकको विश्वसनियतालाई पहिलो प्राथमिकता दिने मार्टका अर्का सञ्चालक राजकुमार जैसवालको भनाइ छ।

सञ्चालकहरुले यस्ता मार्टहरुमा कृषिसँग सम्बन्धित डेरी प्रोडक्टलगायत राख्नका लागि आवश्यक सहजीकरण गरिदिन सरकारसँग माग गरे। 

मार्टमा हरेक सामानमा विशेष छुट रहेको र चाडपर्वका अवसर पारेर ३ हजार रुपैयाँसम्मको खरिदमा १ केजी चिनी र ५ हजार रुपैयाँसम्मको खरिदमा २ केजी चिनी सित्तैमा अफर पनि सार्वजनिक गरेको छ। मार्टमा उपलब्ध सामग्री अन्य स्थानमा भन्दा ५ देखि २० प्रतिशतसम्म सस्तो रहेको जैसवालले जानकारी दिए। 

अधिकत्तम खुद्रा मूल्यभन्दा पनि सस्तोमा सम्पूर्ण सामग्री मार्टमा उपलब्ध रहेको कम्पनीको दाबी छ।