काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सीहरुको कारोबार गर्न उस्काउने तथा प्रोत्साहन गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको छ।

क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग र माइनिङजस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने र गराउनेसमेत पाइएको भन्दै केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। नेपाल क्रिप्टोकरेन्सीहरुको कारोबार गैरकानुनी भएकोले त्यस्ता कार्यबाट सर्वसाधारणहरु ठगिएको र ठगिन सक्ने देखिएको हुँदा कसैले त्यस्तो कार्य गरे गराएको पाइएमा प्रचलित कानुनबमोजिम सजाय हुने राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग र माइनिङ गैरकानुनी रहेको स्पष्ट पारेको छ। बैंकले यस्ता प्रकारका क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग र माइनिङसम्बन्धी कार्य नगर्नु र नगराउन आग्रह गरेको छ।