काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले रुरु जलविद्युत परियोजना लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङलाई स्तरवृद्धि गरेको छ।

इक्राले रुरु जलविद्युतलाई विगतमा प्रदान गरेको (इक्रा–आईआर) बीबीबी रेटिङलाई सोही वर्गअन्तर्गत (इक्रा–आईआर) बीबीबी प्लस मा स्तरवृद्धि गरेको हो। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ।

रेटिङ वर्ग (इक्रा–आईआर) एएदेखि (इक्रा–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ (इक्रा–आईआर) बीबीबी प्लसको स्थिति (इक्रा–आईआर) बीबीबीभन्दा एक चिह्न माथि रहन्छ। जब कि (इक्रा–आईआर) बीबीबी माइनसको स्थिति (इक्रा–आईआर) बीबीबीभन्दा एक चिह्न तल रहन्छ।