काठमाण्डौ। ई–कमर्स एपले ‘स्मार्ट दसैं अफर’ ल्याएको छ। 

यो योजनाअन्तर्गत ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक (रु. ७५० सम्म), बैंक अफ काठमाण्डूको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक (रु. १५०० सम्म) र माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा दैनिक २१ प्रतिशत क्यासब्याक (रु २१० सम्म) पाउनेछन्।

यो दसैंमा ग्राहकहरुले दैनिक १० हजार रुपैयाँसम्मको आकर्षक उपहारसमेत जित्न सक्ने स्मार्टडोकोले जनाएको छ। स्मार्टडोकोबाट सामान खरिद गर्ने ग्राहकले दैनिक निम्नानुसारका अन्य उपहार पनि जित्न सक्नेछन्– 

१) डाइमन्ड ओमेगा १८ लिटरको ओभर टोस्टर ग्रिलर

२) क्रेन इलेक्ट्रिकल अल्ट्रासोनिक कुल एयर प्युरिफायर

३) पोको किड्स गिफ्ट भाउचर

४) बेबी ट्रि गिफ्ट भाउचर

५) इनर्जाइजर पावर बैंक

६) गोल्डस्टार जी१० जुत्ता

७) WEIDE men’s जापानिज क्वार्र्टाज मुभमेन्ट जेन्युन लेदर ब्यान्ड रिस्टवाच

स्मार्टडोकोले यस स्मार्ट दशैं अफरमा ग्राहकहरुलाई इलेक्ट्रिोनिक्स, हेल्थ एण्ड ब्यूटी, एपिरियल्स, बेबी केयर र अन्य सामग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ। यसका साथै ग्राहकले अधिकतम ७० प्रतिशतसम्म छुट पाउनेसमेत व्यवस्था गरिएको छ। ग्राहकले यो अफरमा आफूलाई मनपर्ने विभिन्न उपहार स्मार्टडोकोको वेबसाइट तथा एपबाट अर्डर गरी फाइदा लिन सक्नेछन्। ग्राहकले एन्ड्रोइड र आइओएस डिभाइसमा एप डाउनलोड गर्न सक्नेछन्। 

स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रडक्ट छन्। ग्राहकले १० फरक वर्गका सामानहरु जस्तै कोभिड–१९ का लागि आवश्यक सामग्री, फुड र ग्रोसरी, हेल्थ एन्ड ब्यूटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामग्री स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन्। यसका साथै ग्राहकले बिहान ११ बजेभन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन्।

स्मार्टडोकोका ग्राहकले काठमाण्डौ उपत्यकाको रिङरोडभित्र निःशुल्क डेलिभरी र रिङरोडभन्दा बाहिर निकै कम शुलकमा समान डेलिभरीको सुविधा पाउन सक्नेछन्। 

यो अफर आज असोज १४ गतेदेखि असोज २१ गतेसम्म मान्य हुने स्मार्टडोकोले जनाएको छ।