काठमाण्डौ । गत आर्थिक वर्ष २०७७/७८ वार्षिक साधारणसभा (एजीएम) आह्वान गर्ने माछापुच्छ्रे बैंक पहिलो वाणिज्य बैंक बनेको छ। गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गर्ने पनि माछापुच्छ्रे नै पहिलो वाणिज्य बैंक बनेको थियो।
हालसम्म माछापुच्छ्रेसहित ७ वटा वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेका छन्। तीमध्ये माछापुच्छ्रेबाहेक अन्य कसैले पनि वार्षिक साधारणसभाको मिति तय गरेका छैनन्। लाभांश प्रस्ताव गरेको सिटिजन्स बैंकले बुक क्लोजको मिति तोके पनि वार्षिक साधारणसभाको मिति तय गरेको छैन।
नेपाल राष्ट्र बैंकले प्रस्तावित लाभांश स्वीकृत गरेसँगै माछापुच्छ्रे बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक २६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान ११ बजेदेखि भिडियो कन्फ्रेन्समार्फत हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १३.३ प्रतिशत बोनस सेयर र बाँकी ०.७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
सोही सभाले अन्य उपयुक्त बैंक तथा वित्तीयहरु एक आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण निर्णय र प्रक्रिया अगाडि बढाउन सञ्चाल समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले आउँदो कात्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक ४ गते (कात्तिक ५ गते शुक्रबार र कात्तिक ६ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो बैंक लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
वैंकको सञ्चालक समितिले वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो। बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १७.७६ रुपैयाँ कायम गरेको थियो। बैंकको चुक्तापुँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैया सञ्चित छ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरका साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ बटा शाखा र १७५ शाखारहित बैंकिङ सेवा, ७ एक्सटेन्सन काउन्टरसमेत गरी जम्मा ३४४ स्थानबाट १० लाखभन्दा बढी ग्राहकमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ। यसका साथै बैंकको देशभर २०३ वटा एटीएम सञ्चालनमा छन्।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago