काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले बडादसैँ र तिहारको बिदाका दिनमा पनि बैंकिङ सेवा प्रदान गर्ने भएको छ। 

हिमालयन बंैकले बडादसैँको फूलपाती (असोज २६ गते) र महाष्टमीका दिन (असोज २७ गते) ठमेल शाखा खुला राखी बैंकिङ सेवा प्रदान गर्नेछ। यो शाखा यी दुवै दिन बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म खुला रहेछ। 

यसैगरी तिहारको लक्ष्मी पूजाका दिन कात्तिक १८ गते पनि ठमेल शाखा खुला रहनेछ। यो दिन ठमेल शाखा बिहान १० बजेदखि अपराह्न १ बजेसम्म खुला रहने बैंकले जनाएको छ। 

यसैगरी असोज २१ गतेका दिन प्रदेश नं. १ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यो दिन दमक शाखा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म खुला रहने बैंकले जनाएको छ। 

सार्वजनिक बिदाका दिनमा पनि आफ्ना ग्राहकहरुलाई अत्यावश्यक सेवा उपलब्ध गराउने अभिप्रायले यी शाखाहरु खोल्ने निर्णय गरिएको बैंकले स्पष्ट पारेको छ।