भरतराज ढकाल– अध्यक्ष, मुक्तिनाथ विकास बैंक
यसपालिको दसैँमा मेरो खासै नयाँ योजना छैन। दसैँ भनेपछि वातावरण आफैँ नै रमाइलो हुने गर्छ। मेरो बसाइ यहीँ काठमाण्डौको एउटा कोलोनीमा छ। तर, यसपालि मेरो टीका नभएकोले कोलोनीमै साथीभाइसँग भेटघाट गरेर सामान्य तरिकाबाट नै दसैँ मनाउने योजना छ।
दसैँ यसै पनि रमाइलो हुन्छ। साथीभाइ तथा दाजुभाइ पनि भेट हुन्छन्। स्कुले जीवन र बालपनको दसैँ सम्झिँदै रमाइलो लाग्छ। स्कुलबाट छिटो घर जान पाए पनि हुन्थ्यो। बिहान पनि छिटो उठ्न मन लाग्थ्यो। बाटो सफा गर्नेदेखि मिठो खाने तथा राम्रो लगाउनेसम्मका सबै काम दसैँमै हुन्थ्यो। पहिलेको दसैँ एक महिना पहिलेदेखि नै हुन्थ्यो। अहिले अलि छोटिएको छ। दसैँमा पिङ खेल्दा १–२ पटक चिप्लिएर पल्टेको पनि छु।
अफिसियल काम पनि छ। म पोखरा पनि जान्छु। त्यहाँबाट मेरो गाउँ स्याङ्जा पनि जान्छु। त्यहाँ पनि कृषि परियोजना छ। मेरो बुवा ९३ वर्षको हुनुहुन्छ। त्यसैले पनि धेरै समय उहाँसँगै बिताउने योजना छ। अन्य सहकारीका वार्षिक कार्यक्रम पनि छन्। त्यसैले पोखरा–स्याङ्जामै धेरै समय हुन्छु होला।
(बिजशालाकर्मी अर्जुन तिमिल्सिनासँगको कुराकानीमा आधारित)
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago
16 hours ago