काठमाण्डौ । सबैभन्दा पहिला वार्षिक साधारणसभा घोषणा गरेको सांग्रिला डेभलपमेन्ट बैंकले बुक क्लोजको मिति घोषणा गरेको छ । 

यो बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्तापूँजीको १० प्रतिशत बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत बरारबर नगद लाभांश वितरणको प्रस्ताव गरिसकेको छ । 

बोनस सेयर तथा नगद लाभांश लगायतका प्रस्तावहरु पारित गर्ने गरी यो बैंकले आफ्नो १७ औं वार्षिक साधारणसभा कात्तिक १६ गते आह्वान गरिसकेको छ । 

एजीएमबाट पारित हुने बोनस सेयर तथा नगद लाभांशका लागि कात्तिक ५ गतेदेखि १६ गतेसम्म बुक क्लोज मिति तोकिएको हो । यसको अर्थ सांग्रिलाले घोषणा गरेको बोनस सेयर र नगद लाभांश प्राप्त गर्न कात्तिक ४ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।