काठमाण्डौ । गुगलले हाई–प्रोफाइल व्यक्तिहरुलाई साइबर हमलाबाट बचाउनका लागि साइबर सेक्युरिटी प्रोटेक्सन फिचर लन्च गर्ने घोषणा गरेको छ।

एकैदिनमा १४ हजार जी–मेल प्रयोगकर्तामाथि साइबर हमला भएको खबर बाहिरिएको एक दिनपछि गुगलले यस्तो घोषणा गरेको हो। यो साइबर हमला रुस सरकारको समूह एपीटी२८ले गरेको आरोप लगाइएको छ। 

जेडीनेटका खबरका अनुसार गुगलले आफ्नो ब्लग पोस्टमा हाई–प्रोफाइल व्यक्ति तथा समूहमाथि साइबर हमलाहरुको संख्या वृद्धि भइरहेको छ। यस्तोमा गुगलले यी प्रयोगकर्ताहरुलाई अतिरिक्त सुरक्षा उपलब्ध गराउनेछ। यसका लागि कम्पनीले एउटा अलग टिम बनाउनेछ। जसले विश्वका खतरनाक हमलाहरुबाट प्रयोगकर्ताहरुले बचाउनेछ। 

गुगलले यसका लागि अग्रेणाी साइबर सेक्युरिटी संस्थासँग मिलेर काम गर्नेछ। यसले गुगलको सेक्युरिटी सिस्टम विश्वस्तरको हुने कम्पनीले दाबी गरेको छ। यसबाट प्रयोगकर्ताले अधिक सुरक्षित महशुस गर्ने कम्पनीले जनाएको छ। यसका साथै गुगलका तर्फबाट एडभान्स्ड प्रोटेक्सन प्रोग्राम(एपीपी) पनि ल्याइनेछ। 

गुुगलका अनुसार यसका लागि विश्वका कयौँ कम्पनीहरुसँग कुराकानी भइरहेको छ। जसले साइबर हमलाका विरुद्ध १० हजारभन्दा बढी फ्री सेक्युरिटी उपलब्ध गराउनेछ। गुगलले इन्टरनेशनल फाउन्डेसन फर इलेक्ट्रोल सिस्टम र युएन वुमेन एण्ड ननप्रोफिट डिफेन्डिङ डिजिटल क्याम्पेनसँग साझेदारी गरेको छ। 

गुगलका अनुसार नयाँ साइबर सेक्युरिटी फिचरबाट विश्वभरमा काम गरिरहेका मानवअधिकार कार्यकर्ता, पत्रकार, नेता र अधिकारीहरुमाथि हुने साइबर हमलामा कमी ल्याइनेछ। गुगलको नयाँ सेक्युरिटी फिचर अर्को वर्ष अर्थात सन् २०२२ को सुरुवातमा लन्च गरिने सम्भावना रहेको जनाइएको छ। – एजेन्सी