काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतकी राजदूत निकोल पोल्लिटबीच शिष्टाचार भेट भएको छ।

अर्थ मन्त्रालयमा आइतबार भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको छ। भेटमा सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पुर्याएको जन, धन र पूर्वाधार क्षतिका सम्बन्धमा समेत कुराकानी भएको छ। 

यसका साथै पुनस्र्थापना, क्षतिपूर्ति र क्षतिग्रस्त पूर्वाधारहरुको निर्माणका लागि आवश्यक सहयोग सम्बन्धमा सकारात्मक कुराकानी भएको छ। यसका लागि मन्त्री शर्माले अन्तर्राष्ट्रिय विकास साझेदारहरुको ध्यानाकर्षणसमेत गराए। 

यस्तै भेटमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन २०२१ (कोप २६) मा जलवायु परिवर्तनका कारण प्रभावित बनेका नेपालजस्ता देशहरुले क्षतिपूर्ति पाउने गरी प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्ने विषयमा पनि छलफल भएको छ।