काठमाण्डौ । स्मार्टडोको नेपालको सबैभन्दा धेरै रेटिङ प्राप्त भएको ई–कमर्श एपले यसपालिको तिहारका अवसरमा ’हाम्रो स्मार्ट तिहार’ अफर ल्याएको छ।

स्मार्टडोकोले यो तिहारमा ग्राहकलाई स्मार्टडोकोबाट Samsung, Baltra, Oxemberg, CG, TipTop, Black and Decker, Hornbull, Virjeans, Luminarc जस्ता ब्रान्डका समान खरिद गरेमा ६०% सम्म छुट प्रदान गर्नेछन्।

यसपटक ग्राहकले धेरै वर्गबाट विभिन्न छुट प्रस्ताव विकल्पहरु प्राप्त गर्न सक्छन् जस्तै– 
  • भाइको कोसेली 
  • बहिनीलाई उपहार 
  • धन्तेरस 
  • घरमा तिहार

स्मार्टडोकोले यस अफरमा ग्राहकलाई इलेक्टर्निक्स, हेल्थ एण्ड ब्युटी, एपिरियल, बेबी केयर र अन्य सामग्री सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ। ग्राहकले यो अफरमा आफूलाई मनपर्ने विभिन्न उपहारहरु स्मार्टडोकोको वेबसाइट तथा एपबाट डाउनलोड गर्न सक्नेछन्।

स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रोडक्ट छन्। ग्राहकले १० फरक वर्गका सामान जस्तै– कोभिड–१९ का लागि आवश्यक सामग्री, फुड र ग्रोसरी, हेल्थ एन्ड ब्युटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामाग्रीहरुबाट खरिद गर्न सक्नेछन्। साथै, ग्राहकले बिहान ११ बजे भन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन्। 

स्मार्टडोकोका ग्राहकले काठमाण्डौ उपत्यकाको रिङरोडभित्र निःशुल्क डेलिभरी र रिङरोडभन्दा बाहिर निकै कम शुल्क मा सामान डेलिभरी सुविधा पाउन सक्नेछन्।

 यो अफर १२ कार्तिकदेखि कात्तिक १६ गतेसम्म मान्य हुनेछ।