काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ५५ लाख खूद नाफा आर्जन गरेको छ । 

यो भनेको अघिल्लो आर्थिक वर्षको खुद नाफाको तुलनामा १७.४८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकको खूद नाफा २९ करोड ४१ लाखमा सीमित थियो । 

अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ४२ करोडमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ४९ करोड ३६ लाख पुगेको छ भने ५९ करोडमा सीमित खूद ब्याज आम्दानी पनि बढेर ८३ करोड ७६ लाखको उचाईमा पुगेको छ । 

खूद नाफामा उल्लेख्य प्रगति गरेकै कारण बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) पनि रु. २४.४५ बाट बढेर रु. २८.७३ पुगेको छ । 

समीक्षा अवधिमा बैंकले ९७ अर्ब १६ करोड बढी निक्षेप संकलन गरी ८५ अर्ब ४ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ८६ अर्ब ९० करोड बढी निक्षेप संकलन गरी ७२ अर्ब ८९ करोड बढी कर्जा परिचालन गरेको थियो । 

समीक्षा अवधिको अन्तसम्म यो बैंकको सीडी रेसियो ८५.५१ प्रतिशत रहेको छ । यो भनेको सहज अवस्था नै हो । 

अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खराब कर्जा अनुपात ०.१२ प्रतिशत रहेकोमा बढेर ०.२३ प्रतिशत पुगेको छ भने कस्ट अफ फण्ड घटेर ६.९१ प्रतिशत, बेस रेट समेत घटेर ८.६४ प्रतिशत कायम भएको छ । 

यस्तै, पहिलो त्रैमासको अन्तिम कारोबार दिनको सेयरमूल्यका आधारमा बैंकको पीई अनुपात २४.३४ गुणा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ  १४८.१४ रुपैयाँ, रिटर्न अन इक्वीटी(आरओई) १९.८४ प्रतिशत र तरलता अनुपात २१.१४ प्रतिशत रहेको छ ।