काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रभु बैंकको सेयर कारोबार रोक्का गरेको छ।

नेप्सेले बैंकले लाभांश वितरण गर्ने निर्णय सोही दिन गराएता पनि कारोबार समय खुल्नुअघि जानकारी नगराएको र सोही दिन कारोबार समय दिउँसो १ बजेदेखि ३ बजेसम्म बैठक बसी धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट बैंकका पदाधिकारीबाट वञ्चित गराएका कारण सेयर कारोबार रोक्का गर्नुपरेको जनाएको छ। 

के–कति कारणले कारोबार समयमा बैंक सञ्चालक समितिको बैठक बसी लाभांश घोषणा गरिएको हो भन्दै नेप्से प्रभु बैंकसँग स्पष्टीकरण पनि माग गरेको छ। नेप्सेले ७ दिनभित्र स्पष्टीकरण पेस गर्न आग्रह गरेको छ।