काठमाण्डौ। लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गर्ने लघुकर्जाको सीमा बढाइएको छ। 

नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको इजजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ संशोधन÷परिमार्जन र थप व्यवस्था गर्दै विपन्न तथा न्यून आय भएका व्यक्तिलाई सामुहिक जमानीमा लघुउद्यम वा व्यवसाय सञ्चालन गर्न दिइने लघुकर्जाको सीमा बढाएको हो। संशोधित निर्देशनअनुसार अब प्रतिसमूह सदस्य बढीमा ५ लाखसम्म लघु कर्जा उपलब्ध गराउन सकिने भएको छ। यसअघि लघुवित्तहरुले बढीमा ३ लाख रुपैयाँसम्म लघु कर्जा उपलब्ध गराउन सक्ने व्यवस्था थियो। 

विगत दुई वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका समूहका सदस्यलाई भने ७ लाख रुपैयाँ सीमा कायम गरिएको। यसअघि यो सीमा ५ लाख रुपैयाँको थियो।