काठमाण्डौ । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या भारतमा ह्वात्तै बढेको छ।

छिमेकी मुलुक भारतमा आइतबार एकैदिन १७ जना ओमिक्रोनबाट संक्रमित भएका छन्। जब कि शनिबारसम्म ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ४ मात्र रहेको थियो। 

समाचार एजेन्सी एएनआईका अनुसार आइतबार भारतको महाराष्ट्रमा ७, राजस्थानमा ९ र दिल्लीमा १ जना ओमिक्रोनबाट संक्रमित भएको पुष्टि भएको छ। योसँगै नयाँ भेरिएन्टको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केन्द्रीय तथा राज्य सरकारहरुले विमानस्थलदेखि अन्य स्थलमार्ग हुँदै आउने यात्रुमाथि निगरानी, परीक्षण र स्क्रिनिङ गर्ने कामलाई तीव्रता दिएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नयाँ भरिएन्ट चिन्ताको विषय बन्न सक्ने बताउँदै आएको छ। डब्ल्यूएचओले शुक्रबारमात्रै संक्रामकको हिसाबले यो भेरिएन्टले डेल्टा भेरिएन्ट पछि पारेको जनाएको थियो। –एजेन्सी