काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सुन–चाँदीको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन–चाँदीको भाउ स्थिर रहेको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ५०० रुपैयाँ नै कायम भएको छ।

हिजो आइतबार सुनको भाउ तोलामा ७०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

भाउ स्थिर रहँदै चाँदी आज प्रतितोला १ हजार २०० रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार २०० रुपैयाँमै किनबेच भएको थियो।