काठमाण्डौ । अप्रिलियाको रिक्रियसनल राइड सम्पन्न भएको छ।

अप्रिलियाका लागि नेपालको आधिकारिक बिक्रेता दुगर ब्रदर एन्ड सन्स प्रालिले शनिबार राइड आयोजना गरेको हो। अप्रिलियाको शोरुम नक्सालबाट पर्यटकीय क्षेत्र नगरकोटसम्म राइड आयोजना गरिएको थियो।

राइडमा १२० जना अप्रिलियामा राइडर सहभागी थिए। कम्पनीले सबै राइडमा सहभागीलाई शनिबार नगरकोटमै बसेर आइतबार फर्किने व्यवस्था गरेको थियो। 

राइडमा युवाहरुको आकर्षण देखिएको प्रालिका उपाध्यक्ष विजय महतोले जानकारी दिए। ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड आयोजना गरिएको उनको भनाइ थियो। ‘ग्राहकबीच अन्तर्क्रिया गराउने, भेइकलको परफर्मेन्स र रिभ्यु गर्ने लक्ष्यसहितको राइड आयोजना गरेका थियौँ’, उनले भने, ‘लक्ष्यअनुसार राइड सफल भएको छ।’

कम्पनीले यसअघि पनि समय–समयमा राइडहरु आयोजना गर्दै आएको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ।