काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुन–चाँदीको भाउ स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर छ। आज प्रतितोला फाइन गोल्ड ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८०० रुपैयाँ नै कायम भएको छ।

हिजो बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि स्थिर रहँदै १ हजार २०० रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।