काठमाण्डौ । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणबाट अमेरिकामा एक बिरामीको मृत्यु भएको छ। अमेरिकामा ओमिक्रोनको संक्रमणबाट यो पहिलो मृत्यु हो।
ह्यारिस काउन्टी पब्लिक हेल्थद्वारा जारी विज्ञप्तिमा अमेरिकाको टेक्सास राज्यमा ५० वर्षीय एक व्यक्तिको ओमिक्रोन संक्रमणबाट मृत्यु भएको हो। उनले कोभिडविरुद्धको खोप नलगाएको पाइएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। उनी पहिले पनि कोभिडबाट संक्रमित भइसकेका थिए।
अहिले अमेरिकामा ओमिक्रोनबाट संक्रमित हुनेहरुको संख्या तीव्रगतिमा फैलिएको छ। पछिल्लो एक साताको अवधिमा संक्रमित भएकामध्ये ७५ प्रतिशतमा ओमिक्रोनबाट संक्रमित भएको पाइएको अमेरिकाका संघीय स्वास्थ्य अधिकारीहरुले बताएका छन्।
पछिल्लो एक सातामा मात्रै अमेरिकामा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ६ गुणाले वृद्धि भएको छ। न्युयोर्क क्षेत्रमा अनुमानित ९० प्रतिशत बिरामीमा ओमिक्रोन पुष्टि भएको छ। – एजेन्सी
16 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago