काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले पुस महिनाभरि मूत्रथैलीमा भएको पत्थरीको शल्यक्रियामा विशेष छुट पाइने अफर सार्वजनिक गरेको छ। 

नर्भिक इन्टरनेसनल हस्पिटलले मूत्रथैलीमा भएको पत्थरी विभिन्न आधुनिक प्रविधिबाट निकाल्नका लागि गरिने विविध शल्यक्रियाहरुको साबिकको शुल्कमा २० प्रतिशत छुटको अफर सार्वजनिक गरेको हो। 

नर्भिकमा घाउ नगरी मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने विधि, घाउ नगरी मृगौलाको पत्थरीको उपचार गर्ने विधि तथा घाउ नगरी मूत्रथैलीको पत्थरी निकाल्ने प्रविधि उपलब्ध छ। 

मूत्रथैलीको पत्थरी निकाल्नका लागि गरिने शल्यक्रियाहरुमा पुस महिनाभरि साबिकको तोकिएको शुल्कमा २० प्रतिशत छुट पाइने अस्पतालले जनाएको छ। 

नर्भिक अस्पतालले योसँगै पुस महिनाका प्रत्येक शनिबार युरोलोजी टिमको निःशुल्क ओपीडी सेवासमेत सञ्चालन गरिरहेको छ। त्यस्ता ओपीडी सेवामा आएर स्वास्थ्य जाँच गराउने बिरामीहरुको शल्यक्रिया गर्नुपरे सहुलियत उपलब्ध गराइने यसअघि नै घोषणा भएको थियो। सोहीअनुसार बिरामीहरुले घोषित सहुलियतसमेत पाइरहेका छन्।