काठमाण्डौ । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित हुने संख्या बढ्दै गएपछि भारतको राजधानी नयाँदिल्लीमा आज सोमबारबाट पुनः रात्रिकालीन कर्फ्यु लगाइने भएको छ।
दिल्ली राज्य सरकारले पुनः रात्रिकालीन कर्फ्यु लगाउने निर्णय गरेको हो। नयाँदिल्लीमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाइनेछ।
पछिल्लो २४ घन्टामा दिल्लीमा थप २९० जना कोभिड संक्रमण पुष्टि भएको छ। यो संख्या पछिल्लो ६ महिनायताकै उच्च हो।
पछिल्लो २४ घन्टामा दिल्लीमा थप एक व्यक्तिको कोभिड संक्रमणका कारण ज्यान गएको छ।
हाल दिल्लीमा सक्रिय संक्रमितको संख्या १ हजार १०० भन्दा बढी रहेको छ।
दिल्लीबाहेक भारतका अन्य राज्यले पनि रात्रिकालीन निषेधाज्ञा लगाइरहेका छन् र मानिसहरुलाई भेला हुनबाट रोकिरहेका छन्।
हालसम्म भारतमा ओमिक्रोनबाट ४०० भन्दा बढी संक्रमित भएको पुष्टि भएको छ। – एजेन्सी
22 minutes ago
24 minutes ago
30 minutes ago
52 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago