काठमाण्डौ । हिजोआज प्रायःजसो सवारीसाधनहरुमा एन्टीबडी ब्रेकिङ सिस्टम (एबीएस) को व्यवस्था गरिएको हुन्छ। एन्टी लक ब्रेकिङ सिस्टमलाई खराब मौसमको अवस्था वा प्यानिक ब्रेकिङको खतराबाट बचाउनका लागि डिजाइन गरिएको हुन्छ। 

अध्ययनहरुका अनुसार एन्टी–लक ब्रेक भएको सवारीसाधनको तुलनामा एबीएस सिस्टमबाट सुसज्जित सवारीसाधनमा ठोकिने वा दुर्घटना हुने सम्भावना ३५ प्रतिशत कम हुने गर्दछ। एन्टी लक ब्रेकिङ सिस्टमले ह्विल सेन्सर उपयोग गर्ने गर्दछ। जसले सडकको कठिन अवस्थालाई आँकलन गरी एबीएसलाई सक्रिय गर्दछ। 

एबीएस सिस्टमबिना सवारीसाधन चलाउने व्यक्ति प्यानिक ब्रेकिङ मोडमा आक्रामक ढंगले ब्रेक लगाउने प्रयास गर्ने गर्दछन्। जसका कारण दुर्घटना हुने सम्भावना बढी हुने गर्दछ। 

अर्कोतर्फ एबीएसको कुरा गर्दा यसमा एन्टी लक ब्रेकले स्वचालित रुपमा यस्तो गर्छ। जसका कारण सवारी साधन ठोक्किँदा चालकको सुरक्षा कायम रहिरहन्छ। जब पांग्रा लक हुन्छन् तब सवारीसाधन सडकको सतहमा चिप्लने सम्भावना हुन्छ। एबीएस विशेष गरेर सडक चिप्लो हुँदा सक्रिय हुन्छ। 

एबीएसको प्रयोग नियमित ब्रेकको प्रयोगभन्दा भिन्न हुने गर्दछ। स्टप साइन वा ट्राफिक बत्ती वा अगाडि सुस्तगतिमा चल्ने सवारीसाधनका लागि सामान्य रुपमा ब्रेक लगाउँदा एबीएस सिस्टम सक्रिय हुँदैन। अचानक ब्रेक लगाउनुपर्ने अवस्थामा मात्रै एबीएस सिस्टम सक्रिय हुन्छ। एबीएसले पांग्रा लक हुन र चिप्लनबाट बचाउने काम गर्ने गर्दछ। – एजेन्सी