काठमाण्डौ । सन् १९९० र सन् २००० को दशकमा निकै लोकप्रिय रहेको ब्ल्याकबेरीका पुराना मोबाइल अब भोलि मंगलबारबाट काम नगर्ने भएको छ।
ब्ल्याकबेरी कम्पनीले अब सबै क्लासिक मोडलका डिभाइसले सपोर्ट नगर्ने जनाएको हो। कम्पनीका अनुसार ब्ल्याकबेरी १०, ७.१ ओएस र त्यसअघिका मोडलले काम गर्ने छैनन्। एनड्रोइड सफ्टवेयरमा नचल्ने ब्ल्याकबेरीका सम्पूर्ण पुराना डिभाइसले डाटा प्रयोग नगर्ने, टेक्स्ट मेसेज नपठाउने, इन्टरनेटको पहुँच नहुने र फोन गर्न मिल्ने छैनन्।
ब्ल्याकबेरीको अन्तिम भर्जन भने सन् २०१३ मा लन्च गरिएको थियो। कम्पनी सन् २०१६ देखि नै फोन बजारबाट टाढा भएको थियो।
गत वर्ष सेप्टेम्बरमै कम्पनीले उद्यम र विश्वभरका सरकारहरुलाई सुरक्षित सफ्टवेयर र सेवा दिने प्रयासस्वरुप यसबारेमा घोषणा गरेको थियो।
त्यसो त अधिकांश मोबाइल प्रयोगकर्ताले ब्ल्याकबेरी चलाउन छोडेका छन्। – एजेन्सी
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago