काठमाण्डौ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित डेढ दर्जन कर्मचारी कोभिडबाट संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले बुधबारदेखि केही सेवा बन्द गरेको छ।
सीडीओ गोविन्द रिजालसहित १८ कर्मचारी कोभिडबाट संक्रमित भएका हुन्। जसका कारण प्रशासनबाट नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरणकार्य स्थगित गरिएको छ।
यिनै फाँटका धेरैजसो कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा हाललाई स्थगित गर्नुपरेको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ। अब अर्को सूचना जारी नहुन्जेलसम्मका लागि ती सेवाहरु बन्द रहने सूचनामा जानकारी गराइएको छ।
47 minutes ago
58 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago