काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ६० करोड बढी खूद नाफा आर्जन गरेको छ । 

अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ६१ करोड ५५ लाख रहेको थियो । अघिल्लो वर्षको तुलनामा ब्याज खर्च, कस्ट अफ फण्ड तथा अन्य खर्च समेत बढेका कारण बैंकको नाफामा झिनो गिरावट आएको देखिएको हो । 

बैंकको संचालन मुनाफामा पनि झिनो गिरावट देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ८६ करोड ५२ लाख रहेको संचालन मुनाफा यो वर्ष ८६ करोड ५ लाख रहेको छ । 

समीक्षा अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा २२ करोड २१ लाख रुपैयाँ रहेको छ । बैंकको हालको चुक्तापूँजी ५ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा बैंकले ५ अर्ब १३ करोड ब्याज आम्दानी गरी ३ अर्ब ६० करोड खर्च गरेको छ । जब कि अघिल्लो वर्षको यही अवधिसम्म बैंकले ३ अर्ब ३८ करोड ब्याज आम्दानी गरी २ अर्ब २१ करोड मात्र खर्च गरेको थियो । यो वर्षको दोश्रो त्रैमाससम्मका लागि बैंकले १ अर्ब ५३ करोड रहेको छ । 

यो अवधिमा बैंकले ९९ अर्ब ३५ करोड बढी निक्षेप संकलन गरी ८७ अर्ब ४ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ८६ अर्ब ९० करोड बढी निक्षेप संकलन गरी ७२ अर्ब ९१ करोड बढी कर्जा परिचालन गरेको थियो । 

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २१.३० रुपैयाँ रहेको छ । यस्तै, अघिल्लो वर्ष यही अवधिमा १ अर्ब १२ करोडमा सीमित रिजर्बको आकार बढेर यो वर्ष १ अर्ब ४९ करोडको उचाई चुमेको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म ०.३० प्रतिशत रहेको खराब कर्जाको अनुपातलाई घटाएर ०.२६ प्रतिशतमा झारेको छ भने यो अवधिका लागि कस्ट अफ फण्ड ७.७७ प्रतिशत, सीडी रेसियो ८६.२४ प्रतिशत, आधार दर ९.६३ प्रतिशत, मूल्य आम्दानी अनुपात २७.२० गुणा, प्रतिसेयर नेटवर्थ १३०.४५ रुपैयाँ, रिटर्न अन इक्वीटी १६.९६ प्रतिशत कायम भएको छ ।